महालक्ष्मी विकास बैंकको परासी शाखास्थानान्तरण, थप गुणस्तरिय सेवाको प्रतिवद्घता


२६ चैत्र २०७८, शनिबार

काठमाडौं, २५ चैत । महालक्ष्मी विकास बैंकको परासी शाखा स्थानान्तरण भएको छ । बैंकको हाल रामग्राम नगरपालिका, ५ सुनवल रोड रहको शाखा जिल्ला प्रशासन रोडमा स्थानान्तरण भएको हो ।

शुक्रबार एक कार्यक्रमका बीच बैंकले स्थानान्तरित नयाँ शाखाको उद्घाटन गरेको छ । शाखा कार्यालय उद्घाटन गर्दै बैंकले सेवाग्राहीहरुमा थप गुणस्तरीय सेवा प्रदान गरिने बताएको छ । शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ। सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता शाखाका प्रबन्धक कृष्ण बहादुर गुरुङले बताए।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७