पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त

अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री बने खान


२७ चैत्र २०७८, आईतवार
imran khan

काठमाडौं ।पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका छन् । खानले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि पदमुक्त भएका हुन् । खान अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री समेत बनेका छन् ।

विपक्षी दलहरूले उनको विरुद्धमा प्रस्ताव ल्याएपछि गए राति मतदान भएको थियो । संसदमा रहेका ३४२ सदस्यमध्ये प्रस्तावको पक्षमा १७४ सदस्यले मत दिएका छन् । जुन बहुमतका रुपमा रहेको छ । संसदमा मतदान हुनुअघि प्रधानमन्त्री खानले आफूलाई हटाउन षड्यन्त्र भएको दाबी गर्दै विपक्षी सरकारलाई मान्यता नदिने चेतावनी दिएका थिए । अब भोलि बस्ने संसदमा नयाँ प्रधानमन्त्रीका लागि मतदान हुनेछ ।

पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री खानले गरेको संसद् विघटनलाई असंवैधानिक ठहर गरेको थियो । प्रधानमन्त्री खानको पार्टी (पीटीआई) ले पनि खानविरुद्ध अन्तर्राष्ट्रिय षड्यन्त्र भएको टिप्पणी गरेको छ । तर विपक्षी नेता शहबाज शरीफले पाकिस्तान गम्भीर सङ्कटबाट मुक्त भएको प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ ।

पाकिस्तान मुस्लिम लिग-एन (पीएमएल-एन) का नेता शहबाज शरीफलाई नयाँ प्रधानमन्त्रीको रूपमा चर्चा गरिएको छ । बढ्दो मुद्रा स्फीति, डलरसँग कमजोर बनेको पाकिस्तानी मुद्रा र कर्जा व्यवस्थापनका कारण खान नेतृत्वको सरकारको आलोचना हुँदै आएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७