बौद्ध जोरपाटी क्षेत्रमा मनाइयो चामुण्डा रथयात्रा


२७ चैत्र २०७८, आईतवार
1585550800CBGFwM3UYAAN5ps

काठमाडौं । चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा मनाइने ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न भएको छ । चामुण्डा क्षेत्र विकास तथा संरक्षण कोषले प्रत्येक वर्षको चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैंका दिन गोकर्णेश्वरको जोरपाटी र काठमाडौँ महानगरपालिका-६ बौद्ध क्षेत्रमा रक्तविनायक, महाँकाल भैरव र चामुण्डा देवीको रथयात्रा गर्ने परम्परा छ ।

देवीको रथयात्रा गरेमा यस क्षेत्रमा सुख, शान्ति कायम हुने, देवीले रक्षा गर्ने विश्वास रहेको कोषका सदस्य विमलमान श्रेष्ठले बताए । वर्षका चार नवरात्रमध्ये आश्विन शुक्ल पक्ष र चैत्र शुक्ल पक्षको नवरात्रमा चामुण्डालगायत देशभरका देवी मन्दिरमा पूजापाठ र दर्शन गर्ने भक्तजनको भीड लाग्छ ।

यस वर्ष पशुपति क्षेत्रस्थित गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, कालिकास्थान, बिजेश्वरी, शोभा भगवती, रक्तकाली, श्वेतकाली, इन्द्रायणीलगायत देवी मन्दिरमा भक्तजनले दर्शन गरेका छन् । गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीमा चामुण्डा देवीको मन्दिर रहेको छ । मन्दिरमा प्रत्येक दिन स्थानीयवासी भक्तजनको भीड लाग्ने गर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७