गभर्नर निलम्बन प्रकरणबारे एमालेले आज आफ्नो धारणा सार्वजनिक गर्दै


२७ चैत्र २०७८, आईतवार
kp oli

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर निलम्बन गरिएको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज (आइतबार) पत्रकार सम्मेलन गरेर आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।

सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेकोबारे एमालेले आज दिउँसो साढे १२ पत्रकार सम्मेलन गर्न लागेको हो । एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार मुलुकको आर्थिक अवस्थाका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न कुपण्डोलस्थित होटल हिमालयमा पत्रकार सम्मेलन गरिने भएको हो । पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्रीहरूलाई पनि सहभागी हुने उनले जानकारी दिएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीबारे छानबिन गर्न सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा जाँचबुझ समिति गठन गरेपछि उनी शुक्रबारदेखि स्वतः निलम्बनमा परेका हुन् । मुलुकको अर्थतन्त्र ध्वस्त पारेको तथा कार्यक्षमता अभाव देखिएको आरोप निलम्बित गर्भनर अधिकारीलाई लगाइएको छ ।

एमालेका नेताहरूले भने अर्थमन्त्री जनार्दन शर्माको कमजोरी ढाकछोप गर्न गभर्नर अधिकारीलाई कारबाही गरिएको भन्दै चर्को विरोध गरिरहेका छन् । अहिले भने एमालेले यस विषयममा पार्टीगत रूपमा धारणा सार्वजनिक गर्न लागेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७