एमालेबाट ललितपुर महानगरमा व्यञ्जनकार मेयरको उम्मेद्वार


२७ चैत्र २०७८, आईतवार
harikrishna byanjankar bHLnpTpRU7

काठमाडौं । नेकपा एमालेले ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण व्यञ्जनकारलाई सर्वसम्मत उम्मेदवार बनाएको छ । शनिबार बसेको एमाले ललितपुर महानगर कमिटी बैठकले आफूलाई सर्वसम्मत मेयरको उम्मेदवार बनाउने निणर्य गरेको व्यञ्जनकारले जानकारी दिए ।

उनका अनुसार नेकपा एमालेबाट महानगरपालिकाको उपमेयरमा २ जनाले दावी गरेका छन् । पार्टी महानगर कमिटी अध्यक्ष आस्था शाक्य ’मञ्जली’ र पार्टी प्रदेश कमिटी सदस्य सरस्वती खड्काले उपमेयरमा दाबी गरेका छन् ।

दुवैको नाम महानगर कमिटीबाट जिल्ला हुँदै केन्द्रीय कमिटीमा पठाइने भएको छ । त्यसपछि मात्रै उपमेयरको उम्मेदवारी तय हुने व्यवञ्जनकारले बताएका छन् ।

व्यन्जनकार एमालेको केन्द्रीय कमिटी सदस्य तथा ललितपुर जिल्ला सह-इन्चार्ज पनि हुन् । २०७४ को निर्वाचनमा पनि महानगरको मेयरको उम्मेदवार उनै थिए । उनी काङ्ग्रेसका चिरिबाबु महर्जनसँग ३ अंकको झिनो मतले पराजित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७