शिवम् सिमेन्टका अध्यक्ष गोयल म्यानको बोर्ड सदस्यमा निर्वाचित


२८ चैत्र २०७८, सोमबार
Addressing to Shivam Cement dealers by Chairman Mr. Surendra Kumar Goel 1 scaled

काठमाडौं, २७ चैत । शिवम् सिमेन्ट लिमिटेडका संचालक अध्यक्ष डा. सुरेन्द्र कुमार गोयल संस्थागत समूहतर्फको प्रतिनिधित्व गर्दै नेपाल व्यवस्थापन संघको कार्यकारी बोर्डको सदस्य पदमा निर्वाचित भएका छन् । शनिबार भएको म्यानको ४१ औं वार्षिक साधारण सभाबाट अध्यक्ष गोयल बोर्ड सदस्यमा निर्वाचित भएका हुन् ।

उक्त पदमा शिवम् सिमेन्ट दोस्रो पटक निर्वाचित भएको हो । यस अघि सन् २०२० मा भएको निर्वाचनमा शिवम् सिमेन्ट संस्थागत समूहतर्फको प्रतिनिधित्व गर्दै नेपाल व्यवस्थापन संघको कार्यकारी बोर्डको सदस्य पदमा निर्वाचित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७