एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपाने मेनेजर अफ द इयर अवार्डबाट सम्मानित


२८ चैत्र २०७८, सोमबार

काठमाडौं, २६ चैत । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने मेनेजर अफ द इयर–२०२२’ अवार्डबाट सम्मानित भएका छन् ।

व्यवस्थापनकर्मीहरूको सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघले न्यौपानेले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै सो अवार्डबाट सम्मानित गरेको हो ।

शनिबार राजधानीको याक एन्ड यति होटलमा आयोजित समारोहमा न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै न्यौपानेले उक्त पुरस्कार सम्पूण फेलो एनआईसी एसिएन्सलाई समर्पण गर्दै आफूलाई योग्य ठानेकामा व्यवस्थापन संघ, पुरस्कार छनौट समिति तथा व्यवस्थापन संघका पदाधिकारीप्रति कृतज्ञता जाहेर गरे ।

हाल एनआइसी एशिया बैंकको कुल कर्जा करिब ७३ अर्बबाट करिब ४ गुणाले वृद्धि भई २७४ अर्ब पुगेको छ । त्यस्तै गरी निक्षेप संकलन तर्फ पनि ८६ अर्बबाट करिब ४ गुणाले वृद्धि भई ३०० अर्ब पुगेको छ । साथै बैंकको प्रतिसेयर आम्दानी तर्फ करिब २ गुणाले वृद्धि भई ४१.४३ पुगेको छ ।

उनी यसअघि ‘प्रबल जनसेवा श्री (चतुर्थ)’, कर्पोरेट सीईओ अफ द इयर २०७८, बैंकिङ सीईओ अफ द ईयर-२०२१ बाट पनि सम्मानित भएका थिए ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७