सगरमाथासहित १८ हिमाल आरोहणका लागि ५०५ जनाले लिए अनुमति


२८ चैत्र २०७८, सोमबार
himal solu 8qDCbvvwAF

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथासहित नेपालका १८ हिमाल आरोहणका लागि यस वर्ष ५ सय ५ जनाले अनुमति लिएका छन् ।

गएको शुक्रबारसम्ममा पाँच सय पाँच जनाले हिमाल आरोहणको लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ । विभागको तथ्यांक अनुसार आरोहणका लागि अनुमति लिनेमा ३ सय ८९ जना पुरुष र ११६ जना महिला छन् ।

यस वर्ष आमादब्लम हिमालका लागि ४ समूहका ३९ जना, अन्नपूर्ण-१ मा ४ समूहका २६ र ल्होत्से हिमाल आरोहणका लागि ६ समूहका ५२ जनाले अनुमति लिएका विभागले जनाएको छ । अहिलेसम्म हिमाल आरोहणको टोलीबाट सरकारलाई २९ करोड ७४ लाख ३४ हजार ८०१ रोयल्टी प्राप्त भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७