बराबरीमा रोकिए सिटी र लिभरपुल


२८ चैत्र २०७८, सोमबार
Liverpool man

काठमाडौं । इङलिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको म्यानचेस्टर सिटी र लिभरपुलबीचको खेल २-२ को बराबरीमा सकिएको छ । लिगको शीर्ष स्थानमा रहेका यी दुई टोली बराबरीमा रोकिएका हुन् ।

आइतबारको खेलको पाँचौं मिनेटमा नै म्यानचेस्टर सिटीका लागि केभिन डे ब्रुयनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । यद्यपि खेलको १३ औं मिनेटमा लिभरपुलका डिओगो जोटाले बराबरी गोल फर्काएका थिए ।

खेलको ३६ औं मिनेटमा ग्राबियल जेससको गोलमा सिटीले दोस्रो पटक अग्रता लियो । यद्यपि खेलको ४६ औं मिनेटमा लिभरपुलका लागि साडियो मानेले पुनः बराबरी गोल फर्काए ।

यससँगै शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लिभरपुलमाथिको १ अंकको दूरी कायम राखेको छ । सिटीले ३१ खेलबाट ७४ अंक जोडेको छ । लिभरपुलले समान खेलबाट ७३ अंक हात पारेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७