चुनावी तालमेलको विधि तयार गर्न सत्ता गठबन्धनको वैठक बस्दै


२८ चैत्र २०७८, सोमबार
Chunab Paricalan samiti

काठमाडौं । सत्ता गठबन्धनको निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठक आज (सोमबार) पनि बस्ने भएको छ । आइतबार पाँच दलीय गठबन्धनबीच स्थानीय तहमा हुने सहमतिअनुसार अघि बढ्ने निष्कर्ष निकालेको समिति आज पनि छलफलमा जुट्न लागेको हो ।

बैठक बिहान ९ बजे बस्ने बताइएको छ । आज नै गठबन्धनका तर्फबाट संयुक्त अपिल जारी गरिने जनाइएको छ । आइतबार बसेको समितिको बैठकले कुन पालिका कसले लिने भनेर सहमति गरेर रिपोर्ट पठाउने म्याद थप्ने र आएका रिपोर्टअनुसार अघि बढ्ने निष्कर्ष निकालेको थियो ।

आइतवार शीर्ष नेताको अनौपचारिक बैठकपछि बसेको सत्ता गठबन्धनको निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठकले गठबन्धनबीच स्थानीय तहमा हुने सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्ने निचोड निकालेको छ ।

देशमा कयौं जिल्लामा सत्ता गठबन्धनलाई लिएर तीव्र असन्तुष्टि व्यक्त भइरहेका बेला पौडेल नेतृत्वको अनुगमन समितिले कांग्रेसले गरेको स्थानीय आवश्यकता अनुसार गठबन्धन गर्ने निणर्यलाई नै सामूहिक रुपमा अघि बढाउने निष्कर्ष निकालेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७