चुनावी तालमेलबारे बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, कसरी गरिंदैछ भागबण्डा ?


२८ चैत्र २०७८, सोमबार
five party meeting CnHyDSbSZJ


काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा आपसमा तालमेल गर्ने निणर्य गरेका सत्ता गठबन्धनका पाँच दलबीच अहिले प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा छलफल भइरहेको छ ।

गठबन्धनमा सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समावादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा आबद्ध छन् । जनमोर्चा सरकारमा भने सहभागी छैन । उनीहरूबीच अहिले आसन्न स्थानीय तहको निर्वाचनमा आपसी तालमेल कहाँ कसरी गर्ने भन्ने विषयमा विस्तृत छलफल भइरहेको हो । गठबन्धनका शीर्ष नेतासहितको बैठक बिहान ९ बजेपछि सुरु भएको हो ।

यसअघि हिजो आइतबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा रहेको स्थानीय निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बसेको थियो । जसमा प्रदेश तथा जिल्लाहरूबाट आएका चुनावी तालमेलसम्बन्धी रिपोर्टबारे छलफल गरिएको थियो ।
आजको बैठकमा गठबन्धनकै उच्च स्तरीय राजनीतिक समन्वय समितिका समेत संयोजक रहेका पौडेलले हिजो गरिएको छलफलको ब्रिफिङ गर्ने बताइएको छ । आजको बैठकले सम्भवतः गठबन्धनका दलबीच महानगर र उपमहानगर बाँडफाँट गर्नेछ । साथै अन्य स्थानीय तहमा के कसरी तालमेल गर्ने भन्ने विषयमा एउटा निष्कर्ष निकाल्ने सम्भावना छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७