काठमाडौंको मेयर-उपमेयर दुवै पदमा विवेकशील साझाबाटमहिला उम्मेदवार


२८ चैत्र २०७८, सोमबार
samiksha kirti bibekshil ktm vi2JyKKECc

काठमाडौं । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अन्तर्गत विवेकशील साझा पार्टीले काठमाडौै महानगरको मेयर र उपमेयर दुवै पदमा महिला उम्मेदवार उठाउने भएको छ ।

पार्टीका प्रवक्ता शरदराज पाठकले सोमबार बिहान जारी गरेको विज्ञप्तिअनुसार काठमाडौंमा मेयर पदमा समीक्षा बाँस्कोटा र उपमेयर पदमा कीर्ति तुलाधरलाई उमेदवार बनाउने निर्णय गरिएको हो । देशको राजधानीमा दुई महिला उम्मेदवार अघि सार्ने निर्णय आजै बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिले गरेको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७