पाँच दलका शीर्ष नेताहरुको संयुक्त अपिल : ठाउँ र अवस्था अनुसार तालमेल गर्नुस् (अपिलसहित)

‘आपसी मतभेदलाई पन्छाउँदै गठबन्धनका उम्मेद्वारलाई जिताउनुस्’


२८ चैत्र २०७८, सोमबार
Satta gathabandhan meeting Thrusday

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन अपील गरेको छ । आज (सोमबार) एक संयुक्त विज्ञप्ति जारी गर्दै देशैभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा अगाडि बढ्न अनुरोध गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘देशै भर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच दलका सम्पूर्ण साथीहरुलाई आह्वान गर्दछौं । आदरणीय जनसमुदाय व्यापक सहभागितासहित अगामी स्थानीय तहको निर्वाचन सफल पार्नका लागि पाँच दलीय गठबन्धनका उमेदवारहरुलाई अमूल्य मत दिई विजयी बनाउन हुन हार्दिक अनुरोध गर्दछौं ।’

प्रतिगमनलाई परास्त गर्दै राष्ट्रको अग्रगामी विकास र समृद्धि हासिल गर्न पाँच दल प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । उनीहरुले विगतका आपसी मतभेदलाई पर पन्छाउदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्न आग्रह गरेका छन् । विज्ञप्तिमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल ’प्रचन्ड’, झलनाथ खनाल, अशोक कुमार राई, दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।
हेर्नुस् संयुक्त अपिल

apil

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७