पाकिस्तानमा इमरान खानको समर्थनमा हजारौंको प्रदर्शन


२८ चैत्र २०७८, सोमबार
Pakistan khan supports PsrWGPOQ8k

काठमाडौं । पाकिस्तानमा इमरान खानलाई प्रधानमन्त्री पदबाट हटाइएपछि उनका समर्थकले मुलुकभर प्रदर्शन गरेका छन् ।
पाकिस्तानको कराँची र लाहोरमा हजारौंको संख्यामा उपस्थित भएका मानिसहरुले आइतबार राति प्रदर्शन गरेका थिए । उनीहरुले खानको पक्षमा नाराबाजी गरेका थिए ।

यसअघि खानको पार्टीका प्रवक्ता फवाद चौधरीले मानिसहरुसँग साँझ नमाजपछि प्रदर्शन गर्न आग्रह गरेका थिए । इमरान खानका प्रतिद्वन्द्वी शाहबाज शरीफलाई आगामी प्रधानमन्त्रीको रुपमा हेरिएको छ ।

शनिबार अबेर अविश्वास प्रस्तावमा भएको मतदानमा इमरान खान पराजित भएका थिए । यससँगै खानको सरकार ढलेको थियो । विपक्षी गठबन्धनले खानको कारण पाकिस्तानको अर्थतन्त्र घट्दो क्रममा रहेको आरोप लगाउँदै आएका छन् । खानले भने आफूलाई अपदस्थ गर्न अमेरिकाले षडयन्त्र गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७