प्रचण्डको गृह जिल्ला चितवनमा राप्रपाको घरदैलो अभियान चलाउँदै रेखा थापा

‘हामी स्वार्थको राजनीति गर्दैनौं, हाम्रो स्वार्थ भनेको नै जनताको सेवा’


२८ चैत्र २०७८, सोमबार


चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज (सोमबार) देखि स्थानीय तहको निर्वाचनलक्षित देशव्यापी घरदैलो अभियान थालेको छ । पार्टीले देशका सबै ७७ जिल्लामै कोणसभा गरेर चुनावी घरदैलो अभियान थाल्दैछ ।

त्यही क्रममा उक्त पार्टीकी केन्द्रीय सदस्य एवम् नायिका रेखा थापा निर्वाचनलक्षित घरदैलो कार्यक्रम लिएर चितवन पुगेकी छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला चितवनको कालिकास्थान नगरपालिका-८ मा उनी बिहानैदेखि घरदैलोमा खटिएकी छन् ।

‘तपाई हाम्रो अबको प्रतिनिधि भन्दै दिदीबहिनीहरु अभियानमा आउनु भयो’, रेखाले भनिन्, ‘म पनि भावुक भएँ, हाम्रो काँधमा धेरै जिम्मेवारी आएको छ ।’ उनले अब आफूहरु पछि नहट्ने पनि बताइन् । ‘हामी स्वार्थको राजनीति गर्दैनौं । हाम्रो स्वार्थ भनेको नै जनताको सेवा हो,’ उनले भनिन् । रेखाले राप्रपामा प्रवेश गर्नेको लर्को लागेको पनि बताइन् ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७