गठबन्धनले चुनावी तालमेलको ‘मोडालिटी’ मंगलबार टुङ्ग्याउने


२८ चैत्र २०७८, सोमबार
Bipaxi 5 dal

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले ठाउँ र अवस्था अनुसार स्थानीय तह निर्वाचनमा तालमेल गरेर अघि बढ्न गरी मोडालिटी तय गर्ने भएका छन् ।

गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्तालाई तालमेल गरेर जान सोमबार संयुक्त अपील निकालेका उनीहरुले मंगलबार मोडालिटी टुङ्ग्याउने भएका छन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको सत्तारुढ पाँच दलीय गठबन्धन बैठकपछि संयुक्त अपील जारी गरिएको छ ।

आजको बैठकमा चुनावी तालमेलका लागि संयन्त्र बनाउने विषयमा पनि छलफल भएको बताउँदै त्यसको टुंगो मंगलबार अपरान्ह ४ बजे बस्ने बैठकले टुंगो लगाउने सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।
‘प्रधानमन्त्री ज्यूको अध्यक्षतामा पाँच दलीय उच्चस्तरीय संयन्त्रको बैठक सम्पन्न भएको छ ।

बैठकमा स्थानीय तह निर्वाचनलाई कसरी सफलतापूर्वक सम्पन्न गर्ने र स्थानीय निर्वाचनमा पाँच दलको गठबन्धनद्धारा समर्थित उम्मेदवारहरुलाई कसरी विजयी गराउने यिनै बारेमा बृहत रुपमा छलफल भएको छ’, उनले भने, ‘फेरि यो बैठक मंगलबार ४ बजे डाकिएको छ । त्यो बैठकपछि हामी मेकानिज्मबारे छलफल गरेर टुंगोमा पुग्छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७