असिनाले प्वाल पार्ने विद्यालयको छानो कस्तो ?


२८ चैत्र २०७८, सोमबार
277818423 5502666969764085 8152473722437245259 n

बागलुङ । असिनाले बाली नालीमा क्षति पुगेको त हामीले सुन्दै आएका छौँ तर बागलुङमा असिनाले विद्यालयको छानो प्वाल पारेर क्षति पुर्‍याएको छ । दुई वर्षअघि निर्माण गरिएको बागलुङ नगरपालिका-७ स्थित गौरीशङ्कर प्राथमिक विद्यालयको छाना शनिबार र आइतबार परेको असिनाले प्वाल परेर क्षति पुर्‍याएको हो ।

छानोमा प्वाल परेपछि पानी पसेर विद्यालयको कागजपत्र र विद्युतीय सामग्रीमा क्षति पुगेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा २०७६ सालमा निर्माण गरिएको विद्यालयको युपिभिसी छाना प्वाल पारेर पठन पाठपाठनमा समस्या भएको छ । असिनाले प्वाल पार्ने छानाको गुणस्तरमा समेत प्रश्न खडा भएको छ ।

विसं २०७६ मा भूकम्प पुनर्निर्माण प्राधिकरण बागलुङ शाखाले रु २४ लाखको लागतमा उक्त भवन निर्माण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र पौडेलले बताए । ‘ग्यारेन्टी छ भन्ने सुनेको थिए, त्यस नम्बरमा फोन गर्दा लाग्दैन, लुम्बिनी इञ्जिनियरिङबाट सामान खरिद गरिएको थियो’, उनले भने, ‘दुई कोठामा क्षति पुर्‍याउँदा अहिले पठनपाठनमा समस्या भएको छ ।’ असिनाले प्वाल पार्ने छानाको गुणस्तर राम्रो नभएको विद्यालयले जनाएको छ । यस विषयमा छाना सप्लायर्सलाई निरन्तर सम्पर्क गर्न खोजिए पनि सम्भव नभएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७