कामु गभर्नर ढुङ्गाना भन्छिन्, ‘बैंकहरुमा पर्याप्त लगानीयोग्य रकम छैन, केही समय धैर्य गरौं’


२८ चैत्र २०७८, सोमबार
nilam dhungana 9N7O9SUksU


काठमाडौं । नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले बैकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नुपर्ने बताएकी छन् ।

आज (सोमबार) काठमाडौंमा भएको तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा बोल्दै कायममुकायम गभर्नर ढुङ्गानाले लघुवित तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले सबैले केही समय धैर्य गर्नुपर्ने बताएकी हुन् । तरलता तथा ब्याज दरमा आएको उतारचढावका कारण समग्र अर्थतन्त्र र नागरिकले पीडा भोग्नुपरेको उनले बताइन् ।

कायममुकायम गभर्नर ढुङ्गानाले भनिन्, ‘अहिले समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेको अवस्था छ । बैंकहरुमा पर्याप्त लगानीयोग्य रमक छैन । ब्याजदरको समेत समस्या रहेको छ । सधैँभरि सहज परिस्थिति हुँदैन । व्यापार चक्रको पनि साइकल हुन्छ भन्ने बुझेर धैर्यता लिनु आवश्यक छ । निश्चिय नै स्थिति सुधार हुन्छ ।’

उनले समावेशी आर्थिक विकासका लागि नेपालमा भएका विभिन्न प्रयासका बाबजुद पनि अझै कुल जनसंख्याको १८ प्रतिशत हिस्सा गरिबीको रेखामुनि रहेको बताइन् । कायममुकायम गभर्नर ढुङ्गानाले लघुवित्तले गरिबी र लक्षित समुदायको आर्थिक पुनरुत्थान गर्न लैङ्गिक हिंसा र महिला सशक्तिकरणलाई टेवा तथा आर्थिक असमानतालाई कम गर्ने काममा महत्वपूणर् भूमिका खेलेको बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७