केही मानिसको सन्कीपनले देशमा आर्थिक संकट बढ्यो : योगेश भट्टराई


२८ चैत्र २०७८, सोमबार
yogesh bhattrai
फाइल फोटो

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले केही मानिसहरुको सन्कीपनले देशको नीतिहरु भाँडिएको आरोप लगाएका छन् । काठमाडौंमा चैत्र २७ गतेबाट शुरु भएको स्वास्थ्य वैज्ञानिकहरुको आठौं सम्मेलनमा सोमवार बोल्दै सचिव भट्टराईले यस्तो बताएका हुन् ।

उनले अहिले देशमा विदेशी मुद्राहरुको सिञ्चिति घटिरहेको भन्दै यसतर्फ सचेत हुनुपर्ने बताए । भट्टराईले नेपाललले अहिले विदेशी मुद्रा आयात गर्नेभन्दा स्वदेशी मुद्रालाई बाहिर पठाइरहेको पनि बताए । उनले नेपालमा शिक्षा र स्वास्थ्यमा भएको नियोजनका कारण नेपाली विद्यार्थीहरु विदेश पलायन भइरहेको बताएका छन् । सचिव भट्टराईले जनशक्ति उत्पादन दिने कुरामा ध्यान दिँदै जनसंख्या र जनशक्ति उत्पादन गर्ने कुरालाई सन्तुलित बनाउन आवश्यक रहेको बताए ।

‘केही मानिसहरुको सन्कीपनले हाम्रा नीतिहरु भाँड्एिका छन् । केही मानिसहरुको अर्घेल्याँइले हाम्रा नीतिहरु गलत ठाउँमा गएका छन् । आज हामीसँग विदेशी मुद्राहरुको सञ्चीति छैन, घटिरहेको छ । हामीले ज्यादा भन्दा ज्यादा निर्यात गरिरहेका छौँ’, उनले थपे, ‘त्यो मात्रै होइन, आज शिक्षा, स्वास्थ्यमा भएको नियोजनले हाम्रा कतिपय विद्यार्थीहरु पढ्न विदेश पलायन भइरहेका छन् । त्यसले हाम्रो मुद्रा बाहिरिइरहेको छ । के हामीले यसको कुनै आँकलन गरेका छौं ?’ सचिव भट्टराईले कुनै पनि उमेर समूहका मानिसहरुलाई स्वास्थ्यको आधारभूत सेवाबाट वञ्चित गर्न नहुने पनि बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७