बेरूजु फर्स्योटमा गम्भिर बन्न सरकारी निकायहरुलाई गृहमन्त्री खाँणको निर्देशन


२८ चैत्र २०७८, सोमबार
balkrishna khad

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बेरुजु फस्र्यौटमा उत्कृष्टता हासिल हुने गरी मिहिनेत गर्न नेपाल सरकारका सबै निकायलाई आह्वान गरेका छन् ।

मन्त्री खाँणले बेरुजु फस्र्यौटमा गम्भिर हुन र सबै आय, व्ययलाई दुरुस्त गर्न सम्बन्धित सबै निकायसँग आग्रह पनि गरेका छन् । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक शैलेन्द्र खनालको विदाईमा सोमबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

‘नेपाल सरकारका समग्र विभागहरुलाई बेरुजु फस्र्यौटमा गम्भिर हुन, बजेटलाई नियमसम्मत रुपमा खर्च गर्न र हरहिसाव दुरुस्त राख्नका साथै बेरुजु फस्र्यौटमा उत्कृष्टता हासिल गर्न मिहिनेत गर्नुस् भनेर आह्वान गर्न चाहन्छु’ मन्त्री खाँणले भने, ‘हामी कहाँ बजेट बनाउँदाखेरी पहिलो त्यो घाटाको बजेट बनाएकै हुन्छौं । चालू खर्च चाँही बढेर जान्छ । पूँजीगत खर्च चाँही हामीले गर्न सक्दैनौं । अव त्यसमाथि झन बेरुजु आएर अर्को वर्ष त्यसको निरन्तरतामा पनि कठिनाई आउँछ । त्यसकारण पूँजीगत खर्चतर्फ पनि हामी जिम्मेवार हुन जरुरी छ ।’

गृहमन्त्री खाँणले पूँजीगत खर्च गर्न नसकेर बजेटनै ल्याप्स हुने अवस्था आउन नदिन पनि सबै सरकारी निकायलाई आग्रह गरे । पूँजीगत खर्चको व्यवस्थापन गर्दै जनतालाई प्रतिफल दिनेगरी विकास, निर्माणको काममा तीव्रता दिन जरुरी रहेको उनको भनाइ छ । उनले नेपाल प्रहरी र सशष्त्र प्रहरी बल, नेपालले बेरुजु फस्र्यौट कार्यमा उत्कृष्टता हासिल गरेको भन्दै प्रशंशा समेत गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७