विमानस्थलबाट अवैध सुनको सिक्रीसहित तीन जना पक्राउ


२८ चैत्र २०७८, सोमबार
Sunko sikrisareested from TIA


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्र्याउँदै गरिएको सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । एयर अरेबियाको उडानबाट सारजाहादेखि काठमाडौं आएका तीन जनालाई सुनका सिक्री लगायत सामग्रीसहित प्रहरीले पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट बाहिरिने क्रममा उनीहरूमाथि जाँच गर्दा कर छली गरिएको अवैध सुन भेटिएको र शंकास्पद गतिविधि देखिएकाले नियन्त्रणमा लिएर अनुसन्धान गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रसुवा नौकुण्ड गाउँपालिका-१ का ३२ वर्षीय सुकुराम लामा, रसुवाकै नौकुण्ड गाउँपालिका-६ का २७ वर्षीय पेम्बा थोक्रा र रसुवाकै नौकुण्ड गाउँपालिका ६ का २२ वर्षीय बुद्धिमान तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरू तीनै जनालाई थप अनुसन्धान गरी आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७