ओलीको आरोप : ‘खैंजडी’ सरकारले चुनाव सार्न खोज्दैछ

‘एमालेले चाहे सात दिनमा सरकारको जरा उखेलिदिन सक्छ’


२८ चैत्र २०७८, सोमबार
kp oli 2


बझाङ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अझै पनि चुनाव सार्न खोजेको बताएका छन् । आज (सोमबार) बझाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘खैंजडी सरकार’ को संज्ञा दिएका छन् । ‘खैंजडी सरकारले चुनाव रोक्ने प्रयास धेरै पटक गरिसक्यो । अझै प्रयास गर्दैछ’, उनले भने, ‘अध्यादेश र नक्कली कानुन ल्याएर चुनाव सार्न खोजेको छ । लोकतान्त्रिक अभ्यास अन्त्य गर्न खोजेको छ । देशलाई प्रतिगमनमा लैजान खोजेको छ । यो प्रतिगामी सरकार हो ।’

उनले देउवा जहिले जहिले सरकारमा गए पनि लोकतन्त्र बुझाएको इतिहास रहेको आरोप लगाए । ‘अहिलेका प्रधानमन्त्री जहिले सरकारमा जानुहुन्छ । उहाँले लोकतन्त्र बुझाउनु हुन्छ । प्रधानमन्त्री ज्यू यसपल्ट गठबन्धनलाई चेतावनी दिन चाहन्छु- चुनाव सार्ने खेल नहोस् । यो सरकारले आफूलाई अजम्बरी नसोचे हुन्छ । एमालेले चाह्यो भने सात दिनमा जरा उखेल्न सक्छ । चुनाव विथोल्ने बहाना नपाउन् भनेर सहेर चुप लागेर बसेका छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७