निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगद्वारा नेकपा (एस) लाई स्पष्टीकरण

हालसम्म २८ जिल्लाका लागि आवश्यक ४५ लाख २२ हजार मतपत्र छपाइ सकियो


२८ चैत्र २०७८, सोमबार
nirbachan aayog

काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले नेकपा (एस) लाई स्पष्टीकरण सोधेको छ ।
शनिबार भृकुटिमण्डपमा आयोजित कार्यक्रममा नेकपा (एस) ले आचारसंहिता उल्लंघन गरेको उजुरी आयोगमा परेपछि ३ दिनभित्र जवाफ दिन भन्दै आयोगले पत्र काटेको प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगको पत्र काट्दै प्रमाणसहित चित्तबुझ्दो जवाफ पेस गर्न भनेको छ ।

यसैबीच, स्थानीय तह निर्वाचनका लागि हालसम्म २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छपाइ कार्य सम्पन्न भएको प्रवक्ता पौडेलले जानकारी दिए । यस्तै, निर्वाचनको मिति घोषणा भएपछि आचारसंहिता लागू हुनुअघिसम्म २३ हजार ८ सय मतदाता थपिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७