२०७८ चैत २९ गते मंगलबारको तपाईको राशिफल

चैत शुक्ल एकादशी पञ्चाङ्गः शूल वणिज अश्लेषा , कामदा एकादशी व्रत/अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस


२९ चैत्र २०७८, मंगलवार
rasifal 1


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । सफल यात्राको योग छ, तर स्वास्थ्यप्रति भने सजगता अपनाउनु पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
ठीक समयमा सही निणर्य लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । व्यापार, व्यवसायमा भने त्यति राम्रो नहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारी काममा उल्झन आउन सक्छ । स्वास्थ्यसम्बन्धी चिन्ता बढ्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
महत्वपूर्ण कामको योजना बन्ने छ । सामाजिक क्षेत्रबाट सफलता पाइएला । आफ्नो परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध पनि आउन सक्छ । खर्च समेत बढ्ने योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज अरुलाई प्रभावित पारेर काम बन्ने छ । न्यायिक कार्यमा सफलता मिल्नेछ, तर व्यापार व्यवसायबाट धन लाभ भने हुनेछैन ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज पुरानो समस्या सुल्झाउन सकिने छ । देश र सामाजिक हितमा मन जानेछ । अध्ययन र अध्यापनको कार्य अघि बढ्ने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज भाग्यले विभिन्न अवसर जुराउने छ । कुनै कुराले मनमा शान्ति छाउने छ । साहित्य र मनोरञ्जनमा रुचि बढ्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । राजनैतिक क्षेत्रमा सफलता पाइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज नयाँ अवसरहरू आउनाले मन प्रसन्न रहने छ । स्वादिष्ट भोजनको यो छ । साथीभाइहरूले पनि राम्रै सहयोग जुटाउने छन् ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । धार्मिक र सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने छ । पुराना योजना बिस्तारै अघि बढ्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ । प्रेम सम्बन्ध अझै कसिलो हुनेछ । विद्या र नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७