क्रोएसियाले २४ रुसी कूटनीतिज्ञ तथा कर्मचारीलाई भन्यो, ‘तत्काल हाम्रो देश छाड’


२९ चैत्र २०७८, मंगलवार

काठमाडौं । क्रोएसियाले आफ्नो देशमा रहेका २४ रुसी कूटनीतिज्ञ तथा कर्मचारीहरुलाई तत्काल देश छाड्न आदेश दिएको छ ।
रुसले छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गरेको र विश्वका धेरै देशहरुले त्यसको विरोध गरिरहेका बेला क्रोएसियाले आफ्नो देशमा रहेका रुसी अधिकारीहरुलाई देश छाड्न आदेश दिएको हो । युरोपेली, अमेरिकी लगायतका धेरै देशले आफ्नो मुलुक भित्र रहेका रुसी अधिकारीहरुलाई देश निकाला गर्दै आएका छन् ।

रुसी अधिकारीहरुले आफ्नो देशमा रहेर कुटनीतिक मर्यादाविपरीतका क्रियाकलाप गरेकाले उनीहरुलाई देश निकाला गर्नु परेको ती देशका अधिकारीहरुले जनाएका छन् । क्रोएसियाले देश छाड्न आदेश दिएका २४ रुसी अधिकारीहरुमध्ये १८ जना रुसी कूटनीतिज्ञ छन् भने बाँकी ६ जना कर्मचारी छन् ।

युक्रेनप्रति युद्ध अपराध नगर्न आग्रह गर्दै आएकोमा रुसले आफुलाई नसुधारेको क्रोएसियाका अधिकारीहरुको भनाइ छ । रुसले गत फेब्रअरी २४ देखि युक्रेनमा आक्रमण गरिरहेको छ भने आक्रमणका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । साथै विश्व अर्थतन्त्र र राजनीतिमा समेत यसले नकारात्मक असर परेको छ । रासस/एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७