सन् २०१० मा भएको पोलिस विमान दुर्घटनामा रुस दोषी


२९ चैत्र २०७८, मंगलवार
2 polish panel russia behind polish leaders plane crash 16496821963491649697345

वार्सा । पोल्यान्डको सरकारले गठन गरेको एक विशेष छानबिन आयोगले सन् २०१० मा पोलिस राष्ट्रपति लेक कास्जिन्स्की र अन्य ९५ जना व्यक्तिको ज्यान गरी रुसमा भएको विमान दुर्घटनामा मस्कोको षडयन्त्रको हात रहेको भनी विगतको आरोपलाई थप जोड दिएको छ ।

सोमबार सार्वजनिक भएको आयोगको पछिल्लो प्रतिवेदनमा सन् २०१० को १० अप्रिलमा विमानमा बिस्फोटक पदार्थ राखेर जानीजानी बिस्फोट गराइएको कुरा उल्लेख गरिएको छ । सोभियत कालिन उक्त विमान टू-१५४ एम दुर्घटनाग्रस्त हुँदा राष्ट्रपति, प्रथम महिला तथा अन्य थुप्रै विशिष्ट सरकारी तथा शसस्त्र फौजका व्यक्तित्वको ज्यान गएको थियो ।

पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष एन्टोनी मासिएरेविक्जले भनेका छन्, ‘रुसी पक्षको गैरकानुनी हस्तक्षेपको परिणामस्वरूप उनीहरू सबैका ज्यान गएका हुन् । यसको विवादरहित प्रमाण भनेकै विमानको बीच भागको बिस्फोट लगत्तै पखेटानिर अर्को विस्फोट हुनु हो ।’

मासिएरेविक्ज सन् २०१५ देखि २०१८ सम्म पोल्यान्डको दक्षिणपन्थि सरकारमा रक्षामन्त्री थिए । साथै उनले दुर्घटनाका बेला मौसम खराब रहे पनि पोलिस पाइलटहरू वा चालक दलका अन्य कुनै पनि सदस्यबाट गल्ती नभएको बताएका छन् । पोल्यान्डको छिमेकी मुलुक युक्रेनमा रुसबाट हमला भइरहेका बेला यो प्रतिवेदन सार्वजनिक भएको हो । एपीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७