ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु


२९ चैत्र २०७८, मंगलवार
death

बारा । बारामा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । जीतपुर सिमरा उपमहानगरपालिका-७ बस्ने ६० वर्षीय कन्हैयाबहादुर क्षेत्रीको मृत्यु भएको हो ।

सोमबार दिउँसो २ः३५ बजे वीरगञ्ज-पथलैया सडकखण्ड अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका-३ स्थित सिपर्दी ट्रेडिङ नजिकै ना ५ ख ७५०७ नम्बरको ट्रकले प्रदेश २-०३-०१४ प.१३६२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट स्कुटर चालक क्षेत्रीको टाउको, मुख, खुट्टामा चोट लागेको थियो । गम्भीर घाइते उनलाई सिमरास्थित अल्पाइन अस्पतालमा सामान्य उपचारपछि वीरगञ्जको नेशनल मेडिकल कलेज वीरगञ्जमा पठाइएको चिकित्सकले मृत घोषणा गरेका थिए ।

शव नेशनल मेडिकल कलेजबाट पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७