अटोमेटिक पेस्तोलसहित दुई जना पक्राउ


२९ चैत्र २०७८, मंगलवार
Arrested with pestol

जनकपुर । धनुषाको जनकपुरधामबाट अटोमेटिक पेस्तोलसहित दुई जनालाई पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका-१० स्थित प्रादेशिक अस्पताल अगाडिबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ज. ७ प. ७९३२ नम्बरको मोटरसाइकलमा सबार महोत्तरीको जलेश्वर नगरपालिका-९ घर भई जनकपुरधाम-४ बस्ने ३० वर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिस्वा नगरपालिका-१ घर भई जनकपुरधाम- ८ बस्ने १९ वर्षीय लोटस भनिने अभिषेककुमार सिंहलाई पेस्तोलसहित पक्राउ गरिएको प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

दुवैलाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजाना मुद्दा शीर्षकमा १० दिनको मुद्दा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७