भक्तपुरमा मोटरसाइकल दुर्घटना : चार महिनाकी शिशुको मृत्यु, बुबा-आमा घाइते


२९ चैत्र २०७८, मंगलवार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

भक्तपुर । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चार महिनाकी शिशुको मृत्यु भएको छ । मंगलबार बिहान साढे ४ बजे सूर्यविनायक नगरपालिका- ९, नलिञ्चोकमा मोटरसाइकल दुर्घटना भएको हो ।

साँगाबाट जगातीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०२१ प ६७६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी राजु पाण्डेले जानकारी दिए । मोटरसाइकलमा सवार काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका १ का २२ वर्षीय बुद्ध तामाङ र पछाडि बसेकी उनकी श्रीमती २१ वर्षीया सुस्मिता तामाङ घाइते भएका छन् ।

उनीहरुकी चार महिनाकी छोरी लोसाङ डोल्मा तामाङलाई उपचारका लागि सुरुमा सिद्धि स्मृति अस्पताल लगिएको थियो भने त्यहाँबाट न्युरो अस्पताल पठाइयो । तर उपचारका क्रममा बिहान ९ बजे उनको मृत्यु भएको डीएसपी पाण्डेले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७