कांग्रेसले बोलायो ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ को बैठक


२९ चैत्र २०७८, मंगलवार
sanepa congress

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ को बैठक बोलाएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा पार्टीको तयारीबारे छलफल गर्न कांग्रेसले केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक राख्ने भएको हो ।

बैठक आगामी वैशाख २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय (सानेपा) मा बस्ने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यही चैत १५ गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ गठन गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७