संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन खोज्नेहरू अहिले पनि सक्रिय छन् : प्रचण्ड


२९ चैत्र २०७८, मंगलवार
prachanda 4

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले पनि परिवर्तनलाई उल्ट्याउन खोज्ने तत्वहरू सक्रिय रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठी’ लाई सम्बोधन गर्दै दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशी चरित्रको संविधानलाई रुचिकर नठान्नेहरू अहिले पनि रहेको बताएका हुन् ।

संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन खोज्नेलाई परास्त गरेको उल्लेख गर्दै प्रचण्डले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशी चरित्रको संविधानलाई रुचिकर नठान्नेहरू कुनै न कुनै रूपले यसलाई विघटन गर्ने वा अर्को दिशातर्फ लैजाने कसरतहरू भइरहेको छ । यस्तो परिस्थितिमा हामीले जनताले अनुभूत गर्नेगरी विकासमा फड्को कसरी मार्ने भन्ने कुरा अत्यन्तै महत्वपूर्ण छ ।’

त्यस्तै विकास निर्माणका विधेयक र ऐनहरू बनाउँदा पछिल्लो समय भएका परिवर्तनलाई सम्बोधन गरिनुपर्ने प्रचण्डले बताए । ‘ग्लोबलाइजेसन र डिजिटलाइजेसनको युगमा हामीले आफ्नै मौलिक प्रकारको विकासको मोडेल अपनाउनु पर्नेछ । ग्लोबलाइजेसन र डिजिटलाइजेसनबाट फाइदा त लिन सकिन्छ तर अरुको यान्त्रिक मोडल मात्रै अपनाउनु हुँदैन,’ प्रचण्डले भने । प्रचण्डलले विकास निर्माणका नमुना पनि समावेशी र समानुपातिक तवरले हुनुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७