भरतपुरको मुख्य निर्वाचन अधिकृतबाट रावललाई हटाइयो, अधिकारीलाई खटाइयो


२९ चैत्र २०७८, मंगलवार
chitwan nayadhis

काठमाडौं । निर्वाचन आयोगले भरतपुर महानगरपालिको मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको छ । आयोगको सोमबारको निणर्य अनुसार जिल्ला न्यायाधीश हेमन्त रावलको ठाउँमा अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई खटाइएको छ ।

रावल चितवन जिल्ला अदालतका मुख्य न्यायाधीश हुन् । न्यायपरिषदको सिफारिसमा आयोगले मुख्य न्यायाधीश नियुक्ति गर्छ । यसअघि भरतपुरमा मतपत्र च्यातिने प्रकरणमा मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले सहयोगी भूमिका खेलेको भन्दै एमालेले न्यायपरिषदमा कारबाहीका लागि उजुरी समेत दिएको थियो ।

आयोगले भने मुख्य निर्वाचत अधिकृत हेरफेरलाई सामान्य भनेको छ । यसअघि पनि ७१ जना मुख्य निर्वाचनहरू हेरफेर गरिएका थिए । भरतपुर महानगरपालिका भने चर्चाको शिखरमा रहने गरेकाले यसलाई पनि मुख्य निर्वाचन अधिकृत हेरफेरप्रति चासो राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७