राजदूतलाई बिदाइ गर्न प्रधानमन्त्री देउवा सहित सत्ता गठबन्धनका प्रमुख नेता भारतीय दूतावासमा


२९ चैत्र २०७८, मंगलवार
Nepal PM

काठमाडौं : प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बावुराम भट्टराई लगायतका नेताहरुले भारतीय राजदूत बिनयमोहन क्वात्रासँग बिदाइ भेट गरेका छन् ।

मंगलबार साँझ भारतीय विदेश सचिवमा बढुवा भएर दिल्ली फर्किन लागेका क्वात्रालाई बिदाइ गर्न आयोजित रात्रीभोजमा सहभागी सत्तागठबन्धनका शिर्ष नेताहरु दूताबासमै पुगेका हुन् ।

सत्ता गठबन्धनको बालुवाटारमा लगत्तै प्रधानमन्त्री देउवा, दाहाल र नेपाल लगायतका नेता सिधै लैनचौरस्थित राजदूतावास गएका थिए । एमालेको तर्फबाट पूर्व सभामुख तथा उपाध्यक्ष सुवास नेम्वाङ्ग भोजमा सहभागी भए ।

सुरक्षास्रोतका अनुसार उनीहरु साढे ७ बजेदेखि आधा घण्टा दूतावासभित्र आयोजना गरिएको भोजमा सरिक भएका थिए ।

रात्रीभोजमा निम्ता गरिए पनि एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल पनि गएनन् । ओलीसँग क्वात्राले बालकोटमै गएर बिदाइ भेट गरेका थिए ।

त्यसैगरी, गृहमन्त्री बालकृष्ण खाँणलगायत अधिकांश मन्त्री, सुरक्षा निकायका प्रमुखहरु, उच्च पदस्थ सरकारी कर्मचारी र काठमाडौंस्थित विभिन्न मुलुकका राजदूतहरु पनि भोजमा उपस्थित थिए ।

बिदाई भोजमा क्वात्राले दुई देशबीचको सम्बन्ध सुदृढ गर्न थप भूमिका खेल्ने पनि वचन दिएका छन् ।

विगतमा सार्क सचिवालयमा निर्देशकका रूपमा र अहिले राजदूतका रूपमा दुई वर्ष नेपालमा व्यतित गरेका क्षण आफ्ना लागि सधैँ यादगार रहने बताए । प्रधानमन्त्री र शीर्ष नेतालाई सँगै राखेर विदेश सचिव क्वात्राले विदेश सचिव रहे पनि आफूलाई विगतकै मित्रका रूपमा बुझ्न र दुई देशबीचका कुनै पनि विषयमा छलफल गर्नुपरेमा सम्पर्क गर्न आग्रह गरे ।

‘म १५ वर्षअघि नेपाल आउँदा जे थिएँ, अहिले पनि उही छु, र नयाँ भूमिकामा पनि उही रहनेछु । नेपालका मित्रहरू ‘नेपालसँग मेरो र मेरो परिवारको गहिरो सम्बन्ध रहिरहनेछ । म फरक भूमिकामा जाँदै छु जहाँ नेपाल मेरो प्राथमिकतामा रहनेछ, मेरो हृदयमा रहनेछ,’ क्वात्रबाले भने।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७