‘माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज’ प्रतियोगिता हुँदै


३० चैत्र २०७८, बुधबार
bike1.jpg .2020 09 18

इलाम । नयाँ वर्षका अवसरमा इलाममा आज (बुधबार) देखि ‘माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज’ प्रतियोगिता सुरु हुँदैछ । उक्त प्रतियोगिता सूर्योदय नगरपालिकामा हुन लागेको हो ।

११ किलोमिटर दूरीमा हुने उक्त प्रतियोगिातको विजेताले रु २० हजारसहित ट्रफी प्राप्त गर्नेछन् । दोस्रोले रु १५ हजार र तेस्रोले रु १० हजारसहित ट्रफी पाउनेछन् । प्रतियोगितामा ३० वर्षमाथि उमेर समूहकाले प्रतिस्पर्धा गर्न पाउने छन् । इलामसहित, झापा, मोरङ, सुनसरी र पाँचथरका गरी ५० जनाभन्दा बढीको सहभागिता रहने प्रतियोगिता संयोजक शरण फागोले जानकारी दिए ।

फिक्कल चोक बजारबाट सुरु हुने सो प्रतियोगिता नयाँ चोक-केराबारी-आले-शहीद चोक- १० नं वडा कार्यालय-फिक्कल रिङ रोड, बरबोटे हुँदै चोक बजारमा आएर समाप्त हुनेछ । ‘स्वास्थ्यका लागि साइकल प्रयोग गरौँ’ भन्ने सन्देश प्रवाह गर्न प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगिताबाट पर्यटक आकर्षित गर्न सकिने अपेक्षा आयोजकले गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७