च्याम्पियन्स लिग : चेल्सीलाई हराउँदै रियल सेमिफाइनलमा


३० चैत्र २०७८, बुधबार

काठमाडौं । च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको खेलमा चेल्सीलाई हराउँदै रियल मड्रिड सेमिफाइनलमा पुगेको छ । मंगलबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा चेल्सीसँग ३-२ गोल अन्तरले पराजित भए पनि समग्रमा ५-४ गोल अन्तरको जित हात पार्दै रियलले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

यसअघि पहिलो लेगको खेलमा रियल मड्रिडले चेल्सीमाथि ३-१ गोल अन्तरको जित हात पारेको थियो । मंगलबार रियलको घरेलु मैदानमा भएको खेलको १५ औं मिनेटमा चेल्सीले अग्रता लिएको थियो ।

दोस्रो हाफको ५१ औं र ७५ औं मिनेटमा गोल गर्दै चेल्सीले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको थियो । तर, खेलको ८० औं मिनेटमा रोड्रिगोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । खेलको इन्ज्युरी समयमा करिम बेन्जेमाले गोल गर्दै रियललाई महत्वपूणर् जित दिलाए ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७