वेलायती प्रधानमन्त्री र चान्सलर दण्डित


३० चैत्र २०७८, बुधबार
uk pm penalized1649811476

बेलायत । वेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनलाई कोभिड लकडाउनको समयमा आफ्नै लागि आयोजित बर्थडे पार्टीमा सहभागी भएवापत प्रहरीले आर्थिक जरिबाना तिराउने भएको छ ।

डाउनिंग स्ट्रिट नम्वर १० ले सन् २०२० को १९ जुनमा क्याविनेट रुममा आयोजित घन्टौं लामो सो पार्टीमा सहभागि भएको भन्दै जोहन्सनलाई निश्चित जरिबाना (एफपीएन) दिइने पुष्टि गरेको छ । चान्सलर रिसी सुनक पनि यही कारबाहीमा परेका छन् । प्रधानमन्त्रीकी पत्नी क्यारी जोहन्सनले भने सोही घटनालाई लिएर आफूले एफपीएन भुक्तानी गरिसकेको जानकारी गराएकी छन् । निकै विवादास्पद हुन पुगेको उक्त डाउनिंग स्ट्रिट पार्टीमाथि मेट अनुसन्धान गरिएको थियो ।

जोहन्सनको जरिबानाले उनी नियम तोडेवापत कारबाहीमा पर्ने कार्याकालमा रहेका पहिलो प्रधानमन्त्री बन्ने भएका छन् । सो पार्टी कान्डलाई लिएर लेवर नेता सर केइर स्टामर, स्कटल्यान्डका फर्ष्ट मिनिस्टर तथा एसएनपी नेता निकोला स्टर्जियन र वेल्सका लेवर फस्र्ट मिनिस्टर मार्क ड्रेकफोर्डलगायतकाले प्रधानमन्त्री र चान्सलरको राजीनामा नै मागेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७