पुटिनले युक्रेनमा नरसंहार गरेको बाइडेनको आरोप


३० चैत्र २०७८, बुधबार
Biden

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी समकक्षी भ्लादिमिर पुटिनमाथि युक्रेनमा नरसंहार गरेको आरोप लगाएका छन् । मंगलबार एक सम्बोधनको क्रममा बाइडेनले पुटिनमाथि नरसंहारको आरोप लगाएका हुन् ।

उनले पुटिनको कारण पछिल्लो समय विश्वभर पेट्रोलियम पदार्थ तथा ग्यासको भाउ बढेको आरोप पनि लगाएका छन् । बाइडेनले आफूहरुसँग पुटिन र रुसी सेनाले गरेको नरसंहारको प्रशस्त प्रमाण रहेको उल्लेख गरेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि बाइडेनले अभिव्यक्तिमा प्रतिक्रिया दिँदै अहिलेको समय गलतविरुद्ध सबै एकजुट भएर उभिनु पर्ने बताएका छन् । उनले अहिलेसम्म अमेरिकाले युक्रेनलाई दिँदै आएको सहयोगको लागि पनि आभार व्यक्त गरेका छन् । यसअघि बाइडेनले पुटिनलाई युद्ध अपराधी भएको बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७