कङ्गोमा विद्रोहीको आक्रमणमा मृत्यु भएका नेपाली सैनिक गुरुङको शव नेपाल ल्याइयो


३० चैत्र २०७८, बुधबार
army2022 04 13 12 26 19

काठमाडौं । कंगो शान्ति मिसनका क्रममा विद्रोहीको आक्रमणबाट घाइते भई बुनियाँस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएका सुर्खेत गुर्माकोट नगरपालिकाका प्युठ अनिल गुरुङको शव नेपाल ल्याइएको छ। नेपाली सेनाले उनको शव मंगलबार नेपाल ल्याएको हो । चैत २२ गते कंगोको ‘बाली’ मा विद्रोही पक्षबाट गोली लागेर गुरुङ गम्भीर घाइते भएका थिए ।

गस्तीका क्रममा बलिदानीपूणर् योगदान गरेका उनीप्रति नेपाली सेनाले उच्च सम्मान प्रकट गर्दै श्रद्धाञ्जली तथा अन्तिम सम्मान अर्पण गरेको छ । छाउनीस्थित श्री वीरेन्द्र अस्पतालमा आयोजित उक्त श्रद्धाञ्जली तथा अन्तिम सम्मान अर्पण कार्यक्रममा प्रधानसेनापति महारथी प्रभुराम शर्माले सम्मानस्वरूप निज शान्ति सैनिकको पार्थिव शरीरमा नेपाली सेनाको झन्डा ओढाई अन्तिम श्रद्धाञ्जलीस्वरूप फूलमाला अर्पण गरेका थिए । सोही कार्यक्रममा प्रधानसेनापति महारथी शर्माले अन्तिम दाहसंस्कारका लागि नेपाली सेनाबाट प्रदान हुने रकम मृतकका परिवारजनलाई हस्तान्तरण गरेका छन् ।

उक्त श्रद्धाञ्जली तथा अन्तिम सम्मान कार्यक्रमपश्चात् स्वर्गीय गुरुङको पार्थिव शरीरलाई आजै नेपाली सेनाको हेलिकोप्टरद्वारा गृहजिल्ला सुर्खेत लगी परिवारजनलाई हस्तान्तरण गरी नेपाली सेनाको स्थानविशेषमा तैनाथ युनिटबाट अन्तिम सलामी प्रदान गरिने जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७