७७ लाख सुडानी खाद्य असुरक्षाको समस्यामा


३० चैत्र २०७८, बुधबार
sudan scaled

काठमाडौं । संयुक्त राष्ट्रसंघले सुडानका कम्तीमा पनि दुई तिहाई जनसंख्या नै खाद्य असुरक्षामा पर्न लागेको जनाएको छ । आगामी महिनामा यहाँका करिब ७७ लाख नागरिकले खाद्य असुरक्षा भोग्नसक्ने अनुमान संयुक्त राष्ट्रसंघले गरेको हो ।संयुक्त राष्ट्रसंघले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा सो कुरा उल्लेख गरिएको छ ।

उक्त तथ्यांकका अनुसार यहाँका ७७ लाख मानिस खाद्य असुरक्षामा पर्ने र यो संख्या यहाँको जनसंख्याका ६३ प्रतिशत हुन आउने पनि संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायले सुडानको यो समस्यालाई मनन् गरेर विश्व समुदाय समक्ष सहयोगको अपिल पनि गरेको छ ।

सुडानको अवस्था दिन प्रतिदिन दयनीय बन्दै गएकाले मानवीय सहायता उपलब्ध गराउनुपर्ने सो निकायले जनाएको छ । यहाँ खडेरी, आन्तरिक द्वन्द्व तथा राजनीतिक संकटका कारण केही वर्षदेखि अरु विविध समस्याका अतिरिक्त खाद्यान्नको पनि समस्या परिरहेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७