रोल्पामा गठबन्धनमा सकस : पाँच पालिका नपाए कांग्रेस एक्लै चुनाव लड्ने


३० चैत्र २०७८, बुधबार
nepali congress rolpa yMmdT6wSIC

रोल्पा । नेपाली कांग्रेस रोल्पाले आफूले मागेको जति सिट नपाए एक्लै चुनाव लड्ने चेतावनी दिएको छ । स्थानीय तह निर्वाचनका लागि सम्मानजनक सहभागिताका लागि १० वटा पालिकाहरुमध्ये वटा पालिकामा प्रमुख, पाँच वटा पालिकामा उपप्रमुख, ३६ वटा वडाहरुमा अध्यक्षसहित एक जना सदस्य र ३६ वटा वडाहरुमा तीन जना सदस्यको उम्मेदवारी हुने गरी गठबन्धनमार्फत निर्वाचनमा भाग लिने निर्णय गरेको कांग्रेस रोल्पा सभापति किशोरकुमार आचार्यले जानकारी दिए ।

आफूले माग जति सिट नपाए एकल ढंगले निर्वाचनको प्रतिस्पर्धामा भाग लिने बताएको छ । यस्तै २८ फागुनदेखि सुरु भएको कांग्रेसको ’घरघर जाऔं, कांग्रेस जिताऔं’ भन्ने १ महिने अभियान सम्पन्न भएको रोल्पा कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति रोल्पाले अभियानअन्तर्गत जिल्लाका ७२ वटै वडाहरुमा कांग्रेसको अवस्था तथा गठबन्धनमा कांग्रेसको सहभागीतालगायत विषयमा मत सर्वेक्षण गरी प्राप्त भएका प्रतिवेदनमाथि व्यापक छलफल गरेको थियो । छलफलका क्रममा जिल्लामा कांग्रेसको स्थिति विगतभन्दा बलियो भएको कांग्रेसको दावी छ ।

rolpa congress 20220413125742

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७