एमाले र राप्रपा नेपालबीच गठबन्धन, सूर्य चिह्नमै चुनाव लड्ने


३० चैत्र २०७८, बुधबार

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले स्थानीय तहको चुनावमा सूर्य चिह्न लिएर उठ्ने भएको छ । आज (बुधबार) थापाथलीस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा एमाले र राप्रपा नेपालबीच चुनावी तालमेलको सहमति भएको हो ।

आगामी चुनावमा देशभरका तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने सहमति भएको छ । राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएका ठाउँहरूमा एमालेका उम्मेदवारलाई सघाउने र एमालेले राप्रपा नेपालका उम्मेदवारलाई सघाउने सहमतिमा उल्लेख छ ।

दुई पार्टीले गरेको सहमतिपत्रमा भनिएको छ, ’राष्ट्रिय प्रजातन्त्र नेपालका उम्मेदवारहरूले सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने। निजहरू निर्वाचित भएपश्चात पनि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमै आबद्ध रहने ।’ बुधबार मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपालगायतका दलहरूसँग चुनावी तालमेल हुन सक्ने बताएका थिए ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७