वीरगञ्जको मेयरमा एमालेबाट विजय सरावगी सर्वसम्मत उम्मेद्वार


३० चैत्र २०७८, बुधबार
bijaya sarawagi

वीरगञ्ज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट मधेश प्रदेशको एक मात्रै महानगरपालिका वीरगञ्जको मेयरको उम्मेदवारमा विजय सरावगीको नाम सर्वसम्मत सिफारिस गरेको छ ।

केही साताअघि मात्रै जनता समाजवादी पार्टी छाडेर एमाले प्रवेश गरेका सरावगीलाई वीरगञ्ज महानगर कमिटीको बुधबार बसेको बैठकले सर्वसम्मत रुपमा मेयरको उम्मेदवारका लागि सिफारिस गरेको हो । ‘एमाले वीरगञ्ज महानगर कमिटीको पूणर् बैठकले प्रमुखको उम्मेदवारमा विजयकुमार सरावगीलाई सर्वसम्मत रुपमा सिफारिस गरेको छ’, एमाले वीरगञ्ज महानगर उपध्यक्ष महेश दासले भने ।

अध्यक्ष राजेन्द्र यादवको अध्यक्षता बसेको बैठकमा सचिव सुन्दर कुर्मीले सरावगीलाई मेयरको उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा उपाध्यक्ष महेश दासले समर्थन जनाएका थिए । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्यसमेत रहेका मेयर सरावगी गत फागुन २८ गते एमालेमा प्रवेश गरेका थिए ।

उनलाई अध्यक्ष केपी शर्मा ओलीले वीरगञ्ज पुगेर पार्टीमा भित्र्याएका थिए । मेयर सरावगीले ११ जना वडाध्यक्ष र दुई जना महानगरपालिकाका बोर्ड सदस्यसहित एमाले प्रवेश गरेको बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७