४१ अर्ब ४० करोड डलरमा ट्वीटर किन्न एलन मस्कको प्रस्ताव


१ बैशाख २०७९, बिहीबार
Elon musk twitter bcFc7JfViG 1

काठमाडौं । विश्वकै धनी व्यक्ति एलन मस्कले सामाजिक सञ्जाल ट्वीटरको सबै स्वामित्व किन्ने प्रस्ताव गरेका छन् । उनले ४१ अर्ब ४० करोड अमेरिकी डलरमा ट्वीटरलाई निजी कम्पनी बनाउने प्रस्ताव गरेका हुन् ।

उनले कम्पनीका अध्यक्ष ब्रेट टेलरलाई पत्र लेखेर सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनी निजी बनाउनु पर्ने भन्दै बाँकी शेयर किन्ने प्रस्ताव गरेका हुन् । यसअघि नै ट्वीटरको ३ अर्ब अमेरिकी डलर बराबरको शेयर किनेका उनलाई कम्पनीले बोर्डमा बस्न प्रस्ताव गरेको थियो । ट्वीटरमा उनको स्वामित्व १० प्रतिशत छ ।

बाँकी ९० प्रतिश शेयरका लागि उनले ४१ अर्ब ४० करोड डलर प्रस्ताव गरेका हुन् । उनले प्रतिकित्ता ५४.२ डलर दिने प्रस्ताव गरेका छन् । जुन स्टक मार्केटमा अन्तिम कारोबार भएको मुल्यभन्दा ३८ प्रतिशत धेरै हो । विद्युतीय गाडी उत्पादक कम्पनी टेस्लाका साथै मस्क एरोस्पेश र स्पेसएक्सका मालिक हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७