तोडे क्रिस गेलको रेकर्ड,यी हुन् २० बलमा १०२ रन बनाउने क्रिकेटर


११ चैत्र २०७४, आईतवार
ऋद्धिमान साहा

काठमाडौं, चैत ११ । आईपीएल २०१८ सुरु हुन केही दिन मात्रै बाँकी छ । आईपीएल सुरु हुनुभन्दा केही समयअघि विकेटकीपर ब्याट्सम्यान ऋद्धिमान साहाले तुफानी ब्याटिङ गर्दै सबैलाई अचम्मित पारिदिएका छन् ।ऋद्धिमान साहा

साहाले मुखर्जी ट्रफी टी–ट्वेन्टी प्रतियोगितामा विस्फोटक ब्याटिङ गर्दै केवल २० बलमा शतक प्रहार गरेका हुन् । ३३ वर्षीय साहाले बीएनआर रिक्रियसन ब्लबको विरुद्ध शनिबार कालीघाट मैदानमा शानदार प्रदर्शन गरेका हुन् ।

विपक्षी टिमलाई निर्धारित २० ओभरमा १५१ रनमै रोकेको मोहन बगानलाई ओपनर्स साहा तथा कप्तान शुभमय दासले उत्कृष्ट साझेदारी गर्दै केवल ७ ओभरमै १५४ रन बनाउँदै खेल जिताएका हुन् । शुभमयले २२ बलमा ४३ रन बनाए । साहाले ७ औँ ओभरका सबै बलमा छक्का प्रहार गरे । एक वाइडसहित सातौँ ओभरमा मोहन बगानले ३७ रन जोडेको थियो ।

अफिसियल खेलमा सबैभन्दा कम बलमा शतक प्रहार गर्ने ब्याट्सम्यानको कुरा गर्नु पर्दा योभन्दा पहिले यस्तो भएको छैन । टी–ट्वेन्टी खेलमा सबैभन्दा छिटो शतक प्रहार गरेका छन् ऋद्धिमानले ।

यसभन्दा अगाडि उनले आईपीएल २०१४ को फाइनलमा किंग्स इलाभेन पञ्जाबको तर्फबाट नटआउट रहँदै ५५ बलमा ११५ रन बनाएका थिए । यसका बाबजुद पनि उनको टिम कोलकाता नाइट राइडर्ससँग हारेको थियो । यसपल्ट साहालाई सनराइजर्स हैदराबादले ५ करोड रुपैयाँमा किनेको छ ।

साहाले २० बलमा १४ छक्का र ४ बल प्रहार गर्दै नटआउट रहँदै १०२ रन बनाएका हुन् । उनको स्ट्राइक रेट ५१० रन रह्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७