तामाकोशी हाइड्रोलाई १० दिने अल्टिमेटम, शेयर वितरणमा विभेद भएको गुनासो


११ चैत्र २०७४, आईतवार
tamakoshi

काठमाडौं, ११ चैत : स्वदेशी लगानीमा निर्माण भइरहेको तामाकोशी जलविद्युत आयोजना पछिल्लो समय विवादमा फसेको छ ।tamakoshi

अहिले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर वितरण दुर्भाग्यपूर्ण रहेको भन्दै थप आन्दोलनल घोषणा भएको छ । तामाकोशीले स्थानीयलाई दिने १० प्रतिशत शेयर दोलखाली जनताको हितभन्दा पनि माफियाको चलखेल तथा मुद्दा माफियालाई चलखेल गर्ने मनसायले निर्णय भएको भन्दै थप आन्दोलणको घोषणा भएको हो । माथिल्लो तामाकोशी आयोजनाको शेयर वितरणमा समानता नभएको भन्दै दोलखाबासीले आन्दोलन गर्दै आएका छन् । दोलखालीकोतर्फबाट गरेका मागहरुलाई तामाकोशीले पूरा नगरे सशक्त आन्दोलनमा जाने संघर्ष समितिका सहसंयोजक हिरा थोकरले जानकारी दिएका छन् ।

आयोजनालाई १० दिने अल्टिमेटम दिंँदै आन्दोलनले निर्णय नसच्याएसम्म आन्दोलन हुने र आन्दोलनको क्रममा अप्रिय घटना पनि हुन सक्ने सहसंयोजक थोकरले बताएका छन । आन्दोलनकारीले ‘क’ र ‘ख’ वर्ग छुटाई शेयर वितरण गर्नु पर्ने माग अघि सार्दै आएका छन् । प्रशारण लाइनभित्र परेका तथा सडक क्षेत्र परेका घर जग्गाको न्यायोचित मूल्याङ्कन गरी क्षतिपूर्ति दिन समेत माग गरेको छ । प्रवेशमार्ग अन्तर्गत बिना मुआब्जा खनेको बालगृह तिखातल सडक कालोपत्रे गर्न समेत माग गरिएको छ । बिभिन्न समयमा भएका प्रतिब्यक्ति ४० हजार र ३० हजार रुपैयाँसम्मको शेयर हाल्न पाउने निर्णय न्यायसंगत नभएको भन्दै १० हजार गर्नुपर्ने आन्दोलनकारीको माग छ ।

सबैले १० हजार रुपैयाँका दरले शेयर हाल्ने हो भने बास्केटमा जाने बाँकी शेयर बढी रकम हाल्नेलाई बढी र घटी रकम हाल्नेलाई घटी पर्ने स्थितिले प्रायले अधिकतम रकम हाल्ने प्रयास गर्दा अनावश्यक रकम जम्मा हुने देखिन्छ भने समाजमा संकट आउने देखिन्छ । ‘यसले गर्दा हुँदा खाने र हुने खाने बीच फाटो ल्याउने निस्चित छ,’ उनले भने, ‘साथै हुँदा खानेले ऋणसम्म नपाउने अवस्था आउन सक्ने छ यदि पाएको खण्डमा पनि चर्को ब्याज तिर्नु पर्नेछ ।’

आन्दोलनकारीले तामाकोशीको मात्र नभएर जिल्लाभर निर्माण हुने माईक्रो हाइड्रोपावरको पनि समान शेयर पाउनु पर्ने तथा नभए आन्दोलनको आँधीबेरी उठाउने निर्णय गरेको बताएका छन । माथिल्लो तामाकोशीले स्थानीयलाई दिने भनिएको १० प्रतिशत शेयर दामासाहीले वितरण गर्ने कि प्रभाबका आधारमा वितरण गर्ने भन्ने विषयमा विबाद देखिएको हो । जिविस दोलखामा भएको सर्वदलीय संयन्त्रले ३ भागमा विभाजन गरेर वितरण गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार धितोपत्र बोडले शेयर निष्कासन प्रक्रिया अघि बढाउन लाग्दा विरोधको स्वरहरु चर्किएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७