भट्टराईले काँग्रेससँग चुनावी तालमेल गर्ने


२९ आश्विन २०७४, आईतवार

काठमाडौं : नयाँ शक्तिले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा काँग्रेससँग चुनावी तालमेल गर्ने सहमति गरेको छ । नयाँ शक्ति र काँग्रेसले गोरखामा १ र २ क्षेत्रमा चुनावी तालमेल गर्ने सहमति गरेको हो ।
प्रतिनिधिसभाको चुनावमा गोरखा २ बाट बाबुराम भट्टराई उम्मेदवार बन्ने छन् भने १ बाट काँग्रसलाई दिने सहमति भएको छ ।

Baburamकाँग्रेस र नयाँ शक्तिबीच शनिवार बालुवाटारमा बसेको बैठकमा गोरखा २ मा काँग्रसले भट्टराईलाई सघाउने र १ मा भट्टराईले काँग्रसलाई सहयोग गर्ने सहमति भएको हो ।
स्रोतका अनुसार काँग्रस र नयाँ शक्तिले प्रदेशसभामा पनि चुनावी तालमेल गर्ने सहमति भएको छ । प्रदेशसभाको चुनावमा गोरखा–२ को एउटा प्रदेश सभा सदस्य र एउटामा काँग्रेस उठ्ने सहमति भएको छ । भने गोरखा –१ का दुवै प्रदेश सभा सदस्यमा नयाँशक्तिले काँग्रेसलाई सघाउने सहमति गरेको हो ।
प्रतिनिधिसभा चुनावमा गोरखा २ बाट माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उठ्ने तयारीमा छ । भट्टराई पनि २ नम्बर क्षेत्रबाट पहिलो र दोस्रा संविधान सभाको चुनावमा निवार्चित बनेका थिए । र यो निवार्चनमा पनि भट्टराई २ नम्बर क्षेत्रबाटै उम्मेदवार सोच बनाएका छन् । एमाले माओवादीबीच यी दुवै क्षेत्रमा माओवादीलाई उम्मेदवार बनाउने सहमति भएपछि बाम गठबन्दबाट भट्टराई बाहिरिएका हुन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७