युक्रेनले मरिउपोलमा आत्मसमर्पण नगर्ने


५ बैशाख २०७९, सोमबार

किभ । युक्रेनी सेनाले मरिउपोलमा रुसी फौज समक्ष आत्मसमर्पण गर्न अस्वीकार गरेको छ  । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ‘युक्रेनी फौजले डोन्बास क्षेत्रमा युद्ध गरिरहेको र आत्मसर्मपण गर्ने कुनै अभिप्राय नरहेको’ बताएका हुन् ।

‘युक्रेन र यसका जनता प्रष्ट छन् । हामी अरू कसैको कुनै भू-भागमाथि दाबी गर्दैनौं तर हाम्रो भू-भाग पनि छाड्दैनौं,’ सीएनएनसँग कुरा गर्दै जेलेन्स्कीले भने ।

त्यसै गरी, युक्रेनी प्रधानमन्त्री डेनिस स्मिहलले ‘बन्दरगाह सहर मरिउपोल पराजित नभएको’ बताएका छन् । ‘आत्मसमर्पणका लागि रुसले दिएको अल्टिमेटम सकिएको छ । तर रुसी आक्रमणबाट सहरलाई रक्षा गर्न खटिएका युक्रेनी सेनाले यहाँ अन्त्यसम्म लड्ने छन्,’ उनले भने । युक्रेनी सांसद ओलेक्सी गोन्चरेन्कोले युक्रेनी सेनाले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७