मनोज गजुरेलले पत्ता लगाए धुर्मुसलाई सिध्याउने उपाय…


११ चैत्र २०७४, आईतवार
manoj

काठमाडौं, ११ चैत : ‘धुमुर्स उमेर र नाताले भाइ हुन्, कला र कर्मले साथी हुन्, योगदान र सेवाले अग्रज हुन् ।’ यसो भन्दा मलाई गर्व लाग्छ । manoj

धुर्मुस–सुन्तलीको जोडीले चार वटा बस्तीको सफल निर्माण र हस्तान्तरण गरिसकेको छ । अब महत्वकांक्षी परियोजना नमूना नेपालको तयारीमा छन् । १० बर्ष अगाडि ‘२०७५ सालको नेपाल’ नामको एउटा भिडियो बनाएको थिएँ । १० बर्षपछि यो जोडीले त्यो सपनाको सम्बोधन हुने खालको ‘नमुना नेपाल’ को योजना ल्याएपछि मलाई लाग्यो, हाम्रा सपनाहरु पूरा गर्न राम्रा मान्छेहरु अवश्य जन्मिँदा रहेछन् !

परियोजना महत्वकांक्षी छ । आफ्ना योजना जसरी पनि पूरा गर्ने स्वभाव छ उनको । देशमा क्रियाशिल राम्रा संस्थाहरु र असल मान्छेहरु यो अभियानमा जोड्ने र जोडिने क्रम जारी छ । त्यही अन्तर्गत आज घनिभूत छलफल भयो, बरिष्ठ पत्रकार गुणराज लुईंटेल र उत्तम सञ्जेलसँग । उत्तम उनै सञ्जेल हुन्, जो १०० रुपैंयामा नर्सरीदेखि नर्ससम्म बिद्यार्थीहरु पढाएर सरल शिक्षामा सहज क्रान्ति गरिरहेका छन् ।

यी सकारात्मक सोच भएका मान्छेहरुसँग धेरै गम्भिर कुरा भए । अन्त्यमा स्वभावगत हिसाबले केही ख्याल ठट्टा पनि चल्यो । गुणराज दाईले भने, ‘धुर्मुस–सुन्तलीको जोडी जनताबीचमा यति लोकप्रिय भयो कि कसैले चाहेर पनि सिध्याउन सक्दैन ।’ धुमुर्सले अप्ठेरो मान्दै भने, ‘त्यसो त हैन है ।’ मैले थपें, ‘एउटा उपाय छ धुर्मुसलाई सिध्याउने !’ उत्तम दाइले सोधे, ‘के उपाय छ ?’ मैंले भने, ‘सिधै मन्त्री बनाई दिने !! मन्त्री बनेपछन केही गर्न दिंदैन बिग्रिएको ब्युरोक्रेसीले अनि सिद्धिएनन् त !’ धुर्मुसले हाँस्दै भने, ‘नमुना नेपाल नबनेसम्म दाँया–बाँया सोच्ने फूसर्द नै छैन ।’ गजुरियल डटकमबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७