यी हुन् बालबालिका हुर्काउन सबैभन्दा महँगा देश


८ बैशाख २०७९, बिहीबार
the most expensive countries to raise kids1650499191 scaled

काठमाडौं । विश्वको जुनसुकै ठाउँमा पनि बच्चा हुर्काउनु सजिलो कुरा होइन । तर कतिपय देशहरु त्यस्ता छन् जहाँ बच्चालाई पढाउन बढाउन यति महङ्गो भइसकेको छ कि यस कारण विवाह दरमै ठूलो गिरावट आइरहेको छ भने जनसंख्या लगातार घटिरहँदा सरकार समस्यामा परेको छ ।

युवा पपुलसेन रिसर्चबाट प्राप्त डाटाका आधारमा बच्चालाई १८ वर्षको उमेरसम्म हुर्काउन लाग्ने खर्चको मापन गर्दा यसमा दक्षिण कोरिया सबैभन्दा अग्र स्थानमा परेको छ । त्यस्तै बालबालिकाको पालनपोशण गर्न अत्याधिक महङ्गो पर्ने त्यसपछिको अर्को देश चाहिँ चीन हो । यो सूचीको तेस्रोमा इटली पर्दछ भने आश्चर्यजनक अमेरिका १४ औं स्थानमा जर्मनी र जापानको बीचमा पर्दछ ।

यसरी पूर्वी एसिया कसरी बालबालिका हुर्काउन यति महङ्गो बने ? वास्तवमा यसका लागि शिक्षामा लाग्ने खर्च नै सबैभन्दा बढि जिम्मेवार रहेको पाइएको छ । दक्षिण कोरिया र चीन दुवै देशमा विशेषगरी सानो उमेरमा निजी शैक्षिक संस्था रोज्ने चलन छ जसले खर्च अत्याधिक बढाइ दिन्छ ।

चीनमा मात्र १८ वर्षसम्म छोराछोरीलाई हुर्काउन पढाउन ७५ हजार डलर लाग्छ भने यसपछि उनीहरुलाई युनिभर्सिटीमा भर्ना गर्न थप २२ हजार डलर लाग्ने गरेको छ । त्यहाँको जीवनस्तर र कूल आय दरका हिसाबले यो एकदमै धेरै हो ।

त्यस्तै यसलाई अमेरिकासँग तुलना गर्दा थोरै देखिए पनि प्रायः पश्चिमी राष्ट्रहरुमा विद्यार्थीहरुलाई सरकारी ऋण दिइन्छ जसले पढाइ खर्चको सबै भार विद्यार्थी आफैले बोक्नुपर्ने हुन्छ र अभिभावक कुनै बोझमा पर्दैनन् । यसले विशेष गरी विवाह दर घटाएको छ जसको नतिजा स्वरुप जन्मदरमा पनि नकारात्मक प्रभाव परेपछि पछिल्लो समय चीन सरकारले समस्या समाधान गर्न विभिन्न नीतिहरु ल्याइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७