नेपाली क्रिकेट कप्तान पारस अस्ट्रेलियाका कप्तान स्टेभन स्मिथको राजीनामा बारे यसो भन्छन्


११ चैत्र २०७४, आईतवार
Nepal Cricket ICC World Cricket League Championship37
Nepal Cricket, ICC World Cricket League Championship,Batsman Paras Khadka

काठमाडौं, ११ चैत : दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा अष्ट्रेलियन क्रिकेटर केमरन बेनक्राफ्टले ‘बल टेम्परिङ’ घटनामा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले प्रतिक्रिया दिएका छन् । खड्काले आफ्नो प्रतिक्रिया दिंदै यो निकै दुःखद घटना भएको र विश्वास गर्न नसकिने घटनाको रुपमा रहेको बताएका छन् ।

Nepal Cricket ICC World Cricket League Championship37
उनले टेलिभिजन स्क्रिनमा बेनक्राफ्टले खेलको समयमा बल चम्काउनु अघि आफ्नो पकेटबाट केही निकाल्दै गरेको देखिएको थियो । बेनक्राफ्टले त्यो चिज पहेलो टेप भएको स्वीकार गरेका छन् । २५ वर्षीय बेनक्राफ्टले पत्रकार सम्मेलनमा मिडियाको अगाडि आफ्नो गल्ती स्वीकार्दै माफी मागेका छन् ।

यस प्रकरणमा अस्ट्रेलियाका कप्तान स्टेभन स्मिथले आफूलाई पहिले नै थाहा भएको बताएका छन् । साथै उनले माफी माग्दै अब यस्तो नहुने बताएका छन् । यो प्रकरण बाहिरीएपछि क्रिकेटरहरुले कडा प्रतिक्रिया दिएका छन् । चर्चित लेग स्पिनर शेन वार्नले खेलको भिडियो हेर्दा निकै निरास भएको बताउँदै कोच र क्याप्टेनले यस विषयमा प्रष्ट पार्नु पर्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७